Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

बाहिरियाे सुन तस्करीकाे नयाँ तरीका, ६ किलो सुनसहित ४ महिला पक्राउ

User Photo शुक्रबार, चैत्र २२, २०७५

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महीलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरीका बाहीर आएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेका हुन ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भण्डारीले समाचारपत्रलाई दिएको जानकारी अनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको उक्त सुन बरामद गरिएको हो।

पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.