Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

यस्तो थियो छोराछोरी सहित आत्महत्या गरेकी श्रीमतीले श्रीमानलाई गरेको अन्तिम म्यासेज

User Photo शुक्रबार, चैत्र २२, २०७५

‘बाबा घर आउनुस न, किन आउनु हुन्न् ?  किन यसरी हामीलाई दुख दिनुहुन्छ ? छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका छन् ।   भरतपुरमा एउटै परिवारका तीनै जनाले एकै साथ झुण्डिएर आत्माहत्या गरेको घटना सुनाउँदै जिल्ला प्रहरी प्रमुख एसपी सुशील सिंहले भने ।

उनले थपे– ‘उनकी आमाले श्रीमानलाई लेखेको म्यासेज सेन्ट गर्न नपाई ज्यान गएको देखिन्छ’ राठौरले भने– ‘ श्रीमानले सुख–दुःख नहेर्ने र शंका मात्रै गर्ने गरेको पीडा सहन नसकेर श्रीमती र उनका दुई सन्तानले समेत एकैसाथ आत्महत्या गरेको देखिन्छ ।’ शुक्रवार बिहान भरतपुर नगरपालिका–१८, शशिनगरस्थित ३५ वर्षीया आमा माया आलेमगर, उनका १५ वर्षीया छोरी विनिता आलेमगर र १३ वर्षीय छोरा विवेश आलेमगरले गएराती आफ्नै घरको एउटै कोठा, एउटै बलोमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेका थिए ।

प्रहरीको  प्रारिम्भक अनुसन्धानअनुसार काठमाडौंको स्वयम्भुस्थित नेपाली सेना,असभावखाना ब्यारेकका प्युठ दर्जाका नरबहादुर आलेमगरले  श्रीमती र छोराछोरीप्रति गरेको बेवास्ताकारण एकैसाथ उनका श्रीमती र छोराछोरीले आत्मादहन गरेका हुन् ।

एसपी राठौर थप्छन्– ‘उनी २–३ दिनअघि काठमाडौंबाट बिदामा हिँडेका मान्छे, श्रीमती र छोराछोरी रहेको घर भरतपुर नआई आफ्नो पुख्र्यौली घर तनहुँको घुमाउने गएर बसेका रहेछन् ।’ आठ बर्ष अघिदेखि भरतपुरमा श्रीमती र छोराछोरी राखेर सेनाको जागिर खाँदै आएका श्रीमानलाई मायाले अन्तिम विलौना गर्दै भनेकी थिइन्– ‘तपाईले हाम्रो दुःख–सुःख कहिल्यै बुझ्नु र सुन्नुभएन । अब हामी सँधैका लागि तपाईबाट विदा भएर जाँदैछौं ।

तपाईलाई राम्रो होस्, तपाईको उन्नती–प्रगति होस्..बस..यस्तै–यस्तै म्यासेज मोवाईलमा लेखेकी रहिछन् तर सेन्ट हुन नपाई उनको ज्यान गएको पाईयो’–एसपी राठौरले भने । उनका अनुसार टिनको छानामुनी घरको एउटै कोठा, एउटै पलङ्गको विस्तरामाथि एउटै बलोमा सलको पासो लगाई तीनै जनाले एकै साथ आत्महत्या गरेका थिए ।

श्रीमतीप्रति अनेक शंका र लान्छना लगाउने गरेको र छोराछोरीको पठनपाठन र हेरचाहमा वेवास्ता गर्ने गरेको सुसाईट नोट र श्रीमतीको म्यासेजले देखाएको राठौरले बताए । त्यस वडाका कार्यवाहक वडाध्यक्ष जितु तामाङ्गले आफु यस दुःखद घटना बुझ्न उनीहरुको घरमा गएको र अहिले शव पोष्टमार्टमका लागि जान लागेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.