Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 24, 2026
शुक्रबार, बैशाख ११, २०८३

जुनसुकै भ्रमणमा पति नै विज्ञ, त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट

User Photo आइतवार, चैत्र २४, २०७५

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ । उक्त रकम शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो ।

उनले आफ्ना श्रीमान् प्राडा रमेशप्रसाद भट्टराईलाई विज्ञ बनाएर परियोजनाका हरेक भ्रमणमा सँंगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ । परियोजनाको प्रमुख रेक्टर त्रिपाठीले परियोजनाले अहिलेसम्म कोकोलाई विदेश पठाएको छ भन्ने अधिकांश विषय गोप्य राख्ने गरेका छन् ।

सो परियोजनाअन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए तापनि उनले दोहोरो सुविधा लिने गरेको समाचार स्रोतको दाबी छ ।

उक्त स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायतका प्रायः देशको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गरेकी छिन् । चेन्नाई, इटालीलगायत मुलुक भ्रमणमा रेक्टर त्रिपाठी पतिसँगै पुगेकी छिन् । भट्टराईले विभिन्न मुलुक भ्रमण गर्दा १० लाख रुपियाँभन्दा बढी एड्भान्स रकम लिएका छन् । अधिकांशले थोरैमा १ लाखदेखि २ लाख रुपियाँसमेत एडभान्स लिएका छन् ।

परियोजनामा करिब ३२ हजार युरो अर्थात् करिब ३५ लाख रुपियाँ रकम आएको थियो । तीमध्ये करिब २९ लाख रुपियाँ भ्रमणमै सकिएको छ । विदेश गएपछि बिल पेस गरी रकम लिनुपर्ने प्रावधानलाई लत्याउँदै एड्भान्सको रुपमा रकम लिने गरेका हुन् । नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.