Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

कांग्रेस बुढो हात्तीजस्तो, नेकपा भागवण्डा र सत्ता स्वार्थको तानातानमाः डा.बाबुराम भट्टराई

User Photo आइतवार, चैत्र २४, २०७५

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आउँदो चुनावअघि नै नेकपा र कांग्रेसमा ठूलो पहिरो जाने भविश्यवाणी गरेका छन् ।

नेपाली कांग्रेस बुढो हात्तीजस्तो भएको र नेकपा आफैंभित्र भागवण्डा र सत्ता स्वार्थमा पदको तानातानमा लागेको देखेर जनताले वैकल्पिक शक्ति चाहेको डा. भट्टराईको दाबी छ ।

आइतबार बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षणमा डा. भट्टराईले नयाँ शक्ति पार्टी एक डेढ वर्षभित्रै पुराना दलहरुको विकल्पमा भरपर्दो र बलियो वैकल्पिक पार्टी बन्ने पनि दाबी गरे । डा. भट्टराईले भने, ‘हामी मधेसकेन्द्रित, जनजातिकेन्द्रित र पहिचान पक्षधर सबै शक्तिहरुसँग ध्रुवीकरण गर्दै चुम्बकीय केन्द्र (म्याग्नेटिक सेन्टर) जस्तो पार्टी बनाउँदैछौं ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अगाडि थपे ‘आउँदो चुनावको मुखमा कांग्रेस र नेकपामा ठूलो पहिरो जानेवाला छ, तर त्यहाँबाट आउन खोज्ने सबैलाई भित्र्याउनौं, राम्रा मान्छे मात्र छानेर मात्र भित्र्याउँछौं ।’

नेकपाको २ तिहाई बहुमतको सरकारले जनताको मन जित्ने गरी कुनै काम गर्न नसकेको बरु एकपछि अर्को ठूलो भ्रष्टाचारमा मुछिएकाले यो दलबाट साँचो अर्थमा समृद्धि हासिल हुन नसक्ने भट्टराईले दाबी गरे ।

नयाँ विचार, सिद्धान्त र पार्टी स्थापित हुन समय लाग्ने भन्दै उनले भने ‘९ महिनामै बच्चा चाहियो भनेर स्वस्थ बच्चा जन्मिन्छ र ?’ भट्टराईले भने, ‘विरुवा पनि हर्लक्कै ठूलो उम्रियो भने त्यसले पछि फल दिन्न ।’

पार्टी घोषणाका बेला ठूलो संख्यामा मान्छेहरु बाबुरामको पछि लागेपछि ह्वात्तै सत्ता स्वार्थ लिन पाइन्छ भनेर आएको तर समय लाग्ने देखेपछि टिक्न नसकेको टिप्पणी गर्दै उनले केही असल र राम्रा मान्छे पनि आएर छाड्दा भने दुख लागेको स्मरण गरे ।

तस्कर, बिचौलिया र भ्रष्टहरुसंग चन्दा सहयोग नलिन नेता कार्यकर्तालाई निर्देशन दिंदै भट्टराईले एक दुई वर्षसम्म आफैं पार्टीमा लगानी गर्न आग्रह गरे । ‘साँच्चिकै नयाँ पार्टी बनाउने हो, सुशासन र सदाचार चाहने हो भने तस्कर, विचौलिया र भ्रष्टसँग चन्दा लिएर पार्टी चलाउने हैन’ भट्टराईले भने ।

यसैवीच, आफूलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेस दुबैले भित्र्याउन चाहेको डा. भट्टराईले दाबी समेत गरेका छन् ।

‘स्वयं कांग्रेस र नेकपाका नेताहरुले तपाईं आइदिनुपर्‍यो, नेतृत्व गरिदिनुपर्‍यो भन्नुहुन्छ’ भट्टराईले कार्याक्रममा भने ‘कहिलेकाहीँ त फुत्किनै नसक्ने गरी समात्न खोज्नुहुन्छ, डा. भट्टराईले कार्यकर्ताहरुलाई भने, ‘तर म त्यहाँ जाने कुरै भएन ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.