Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

नेकपा (विप्लव) का मकवानपुर इन्चार्ज ज्वाला सहित २ जना पक्राउ

User Photo शुक्रबार, चैत्र २९, २०७५

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई पक्राउ गरेको छ ।

नेकपा पार्टीमा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एकजनालाई पक्राउ गरेको एसपी सिंहले बताउनुभयो ।

यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई पक्राउ गरेर हिरासतमा राखी विभिन्न मुद्दा चलाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.