Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

आईसीसी यू–१९ विश्वकप- सिंगापुर संगकाे पहिलो खेलमै २१७ रनले नेपाल विजयी

User Photo शुक्रबार, चैत्र २९, २०७५

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।

२८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्रै बनाउन सक्यो ।

सिंगापुरलाई विशाल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको छ । सिंगापुरका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । दुई खेलाडीले दोहोरो अंकको स्कोर बनाए पनि अन्य खेलाडीले दोहोरो अंक नै बटुल्न सकेनन् । सिंगापुरका इशान सवनीले २८ र साई भेनुगोपालले १८ रन बनाए ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सर्राफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ सुरु गरेको नेपालले ४६ ओभरमा सबै विकेटको क्षतिमा २८२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए । उनले शतक बनाउनबाट पाँच रनले चुके । रोहितले १०५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए ।

त्यस्तै, नेपालका लागि रसिद खानले ४८ रन बनाए भने पवन सर्राफले ४७ रनको योगदान दिए । कमलसिंह ऐरीले १८ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाए ।

पहिलो विकेट तीन रन हुदा रित गौत्तमलाई गुमाएको नेपालले दोस्रो विकेट १८ रन हुदा आशिफ शेखलाई गुमाएको थियो । योसँगै दबाबमा नेपाल आएको थियो । तर तेस्रो विकेटका लागि सन्दीप जोरा र रोहितकुमार पौडेलले ९० रनको साझेदारी गर्दै उकासेका थिए । त्यस्तै, रोहितले भीम सार्कीसँग मिलेर ३६ रनको साझेदारी गर्दा नेपालको स्कोर १४४ रन पुगेको थियो भने पाँच विकेट पतन भएको थियो । भीम सार्की २६ रनमा आउट भए ।

त्यस्तै, रोहितकुमारले रसिद खानसँग मिलेर ७७ रनको साझेदारी गरे पनि नेपालले सिंगापुरविरुद्ध उच्च स्कोर बनाएको थियो ।

बलिङतर्फ सिंगापुरका अथर्भा गुनले चार विकेट लिएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.