Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थी निष्कासित

User Photo मङ्लबार, बैशाख ३, २०७६

चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझा माथि कालोमोसो र जुक्ताको माला लगाउने संकाय छैटौं समेष्टरका विद्यार्थीलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।

यसैबीच, प्रजातन्त्रवादी प्राध्यापक संघले भरतपुरमा आज पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीहरुले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । प्रजातन्त्रवादी प्राध्यापकहरुले चैत्र २२ गतेदेखि विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्यक्रम बन्द गराउँदै आएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य उपप्रध्यापक रामहरि तिमिल्सिनाले आरोपी विद्यार्थीहरुको हुलियासहित किटानी जाहेरी दिदा पनि प्रहरी प्रशासनले अझै पक्राउ गर्न नसकेकोमा रोष प्रकट गरे ।

आरोपीहरुले सामाजिक सञ्जाल तथा टेलिभिजनहरुमा अन्र्तवार्ता दिदैं आफुहरुले ठीक गरेको दावी गरिरहँदा प्रशासन मौन बसेको भन्दै प्रहरीको भूमिका शंकास्पद देखिएको उपप्रध्यापक तिमिल्सिनाको आरोप छ । उनले विश्वविद्यालयमा प्राध्यापकहरुले पढाउन सक्ने बातावरण नरहेको भन्दै वातावरण निर्माण गर्न सबैसँग आग्रह गरे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.