Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

त्रास फैलाउन नक्कली बम- डिस्पोज गर्दा कुकरभित्र भेटियाे बासी भात

कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए, केही बेर पुर्व-पश्चिम राजमार्ग समेत अवरुद्द भयाे तर भेटियाे बासी भात

User Photo बिहिबार, बैशाख ५, २०७६

प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो ।

बिहीबार बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयाे ।

बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ । कुकुरभित्र बसी भातसँगै केहि बारुद पनि भेटिएकाे प्रहरीले जनाएको छ ।

कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो । जसले गर्दा स्थानीयमा त्रास फैलाएको थियो । तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो । बम भनिएकाे उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.