Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

युवतीकाे रहस्यमय मृत्यु, जलाउन भारततर्फ लैजादै गरेकाे शव प्रहरीले लियाे नियन्त्रणमा

घटना बन्याे झन शंकास्पद, प्रहरी पुग्ने वित्तिकै शव छाेडेर मलामी भागे

User Photo शुक्रबार, बैशाख ६, २०७६

वीरगञ्ज । वीरगञ्जबाट जलाउन लैजाँदै गर्दा एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो ।

पन्नालाल दासको श्रीमती अञ्जुदेवीको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । अञ्जुदेवीको शव जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महिलाको श्रीमान पन्नालाल र छरछिमेकका अन्य मानिस फरार छन् । प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको भन्दै कसैलाई पनि नियन्त्रणमा नलिएको दावी गरेको छ ।

स्रोतका अनुसार उनीहरुले शव जलाउन भारततर्फ लैजाने कोशिस गरेका थिए । एम्बुलेन्स चालकले नमानेपछि शव गाउँमै जलाउन खोजिएको थियो । तर प्रहरीमा खबर पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले महिलाको कालगतिले हो वा अन्य कारणले मृत्यु भएको अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको बताए । ‘शव जलाउन लगेको ठाउँबाट नियन्त्रणमा लिएका छौं । गाउँले भागेका छन् । अनुसन्धान गर्न समय लाग्छ’ उनले भने ‘शवको पोष्टमार्टम हुन्छ, त्यसपछि मात्रै अञ्जुदेवीको मृत्यु के कारणले भएको बताउन सकिन्छ ।’

प्रहरी पुग्ने वित्तिकै जलाउन लगेको रहेको शव छोडेर मलामी भागेकोले घटना शंकास्पद रहेको उनले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.