Naya Media
बुधबार, जेष्ठ २७, २०८३
| | June 10, 2026
बुधबार, जेष्ठ २७, २०८३

कसैकाे विरोध र आलोचनाले असर गर्दैन- प्रधानमन्त्री

शनिकार जीतगढी विजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीले यस्ताे भनेका हुन

User Photo शनिबार, बैशाख ७, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले असर नगर्ने बताएका छन् । बुटवलमा शनिकार जीतगढी विजय उत्सव समारोहमा उनले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताए ।

उनले संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण गरेको उल्लेख गरे। बुटवल, देशको शान्ति सुरक्षा विकास र इतिहास संरक्षणमा मुख्य ध्यानकेन्द्रित गरेको बताए। नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको चर्चा गर्दै उनले अब देशभरका गढी र किल्लाको संरक्षण र संवर्द्धन गर्ने बताए।

रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विकासमा पक्ष-विपक्ष नहुने भन्दै इतिहासको खोजी र संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताए। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जीतगढीलाई सम्पदा सूचीका रुपमा अगाडि बढाएको बताए।

नेकपाका महासचिव विष्णु पौडेलले जीतगढी सँगै युद्धका अन्य स्थान नुवाकोट, मणिमुकुन्दसेन पार्क लगायतलाई जोडेर विकास योजना बनाउने बताए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.