Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

रिना हत्याबारे यर्थाथ छानबिनको माग गर्दै भएकाे प्रदर्शनमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

रिनाका प्रेमी भनिएका एक व्यक्ति सोधपुछका लागि प्रहरी नियन्त्रणमा

User Photo मङ्लबार, बैशाख १०, २०७६

काठमाडौं । मोरङको पथरीमा शनिबार नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत हत्या प्रकरणको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले निकालेको प्रदर्शनका क्रममा झडप भएको छ ।

स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास प्रहार गरिएको हो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।

पथरी उद्योग बाणिज्य संघले रिना हत्याको विरोधमा मंगलबार बजार बन्द समेत गराएको छ । प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका एक व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उनको घटनामा संलग्नता छ/छैन भन्नेबारे हालसम्म निक्र्यौल भइसकेको छैन । प्रारम्भिक अनुसन्धान रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.