Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

मधेसमा फेरी महिलालाई ज्युदै जलाईयाे, श्रीमान फरार, सासु प्रहरी नियन्त्रणमा

मधेसमा राेकिएन महिलामा माथीकाे क्रुरता- धनुषामा एक नवविवाहिता युवती जलाएकाे दुई साता पनि वितेकाे छैन

User Photo शुक्रबार, बैशाख १३, २०७६

धनुषामा एक नवविवाहिता चेली निर्मला यादवलाई उनकै पतिले मट्टीतेल छर्केर जलाएको घटनाको दुई साता नबित्दै सिरहामा पुन: एक महिलालाई ज्युँदै जलाइएको छ ।

घरायसी विवादमा सिरहा नगरपालिका- ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनकै पति र सासु मिलेर जलाइएको हो ।

बिहीबार बिहान करिब ११ बजेको समयमा घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर जलाइएको छ । आगोले उनकाे शरीरको ८० प्रतिशत भाग जलेको छ, अवस्था गम्भीर रहेको छ ।

घटनापश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि अहिले उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार विहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं’, उहाँले भन्नुभयो ‘हामी घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने यकिन गर्न सकिएकाे छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

गत वैशाख ५ गते मात्र धनुषाको शहिदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाकाी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टी तेल खन्याएर आगो लगाएका थिए । घरायसी विवादको क्रममा घरमा कोही नभएको मौकाछोपी लागुऔषध सेवनको कुलतमा फँसेका मुकेशले निर्मलाको हात खुट्टा बाँधेर जिउमा मट्टी तेल खन्याई आगो लगाएर ढोका बन्द गरी फरार भएका थिए । त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए ।

यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाडौंको वर्ण हस्पिटलमा भर्ना गरिएको छ । निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ । उनी अहिले जीवन मरणको संघारमा शैययामा छिन् । त्यो घटना सेलाउन नपाउँदै अर्की सिरहामा अर्की छोरी जलाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.