Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

मोदीको जात के हो ? थाहा छैन- महासचिव प्रियंका गान्धी

‘म तल्लो जातको हुँ'- मोदी

User Photo सोमवार, बैशाख १६, २०७६
काठमाण्डाै ।

कांग्रेसकी राष्ट्रिय महासचिव प्रियंका गान्धी वाड्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जातबारे आफूलाई अहिलेसम्म थाहा नभएको बताएकी छिन् ।अमेठीमा आइतबार पत्रकारसँगको कुराकानीमा प्रियंकाले विपक्षले यो मुद्दा कहिले पनि नउठाएको समेत बताइन् ।

उनले भनिन्, ‘अहिलेसम्म थाहा छैन कि प्रधानमन्त्रीको जात के हो । र मलाई लाग्छ कि विपक्षले कहिले पनि यस्तो प्रकारको उल्टो कुरा गरेका छैनन् । विपक्ष, जहाँसम्म मलाई थाहा छ, विशेषगरी जो कांग्रेसका नेता छन्, यो चुनावमा विकासको मुद्दा मात्र उठाइरहेका छन् । मात्र यस्ता मुद्दा, जुन जनतालाई सरोकार छ… कहिले व्यक्तिगत यस्तो आलोचना गरिनँ… ।

’प्रियंकाले भनिन्, ‘जनतालाई आदर गर्नु सबैभन्दा ठूलो राष्ट्रवाद हो । जनताको समस्या हल गर्नु राष्ट्रवाद हो । यद्यपी, यहाँ यस्ता मानिसहरु छन् जसले आवाज उठाउँदा त्यसलाई दबाइदिन्छन् । यो न त लोकतन्त्र हो न राष्ट्रवाद ।’उनका अनुसार चुनावमा रोजगार, शिक्षा, बेरोजगारी, स्वास्थ्य नै उनको पार्टीको मुद्दा हो ।शुक्रबार मोदीले आफ्नो जातबारे देश नै अनभिज्ञ भएको बताउँदै बिएसपीकी मायावती, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र कांग्रेसलाई यो मुद्दा उठाएकोमा धन्यवाद दिएका छन ।

‘म तल्लो जातको हुँ । मेरो गाउँमा मेरो जातका केही मात्र घर छन् । म पिछडिएको जात मात्र होइन पिछडिएको समुदायसँग सम्बन्धित छु । मलाई बाध्य बनाएका कारण यस्तो भनिरहेको छु,’ मोदीले भने ।यसअघि मायावतीले मोदी आफ्नो स्वार्थका लागि मात्र आफूलाई पिछडिएको जात बताइरहेको दाबी गरेकी थिइन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.