कैलालीको लम्कीमा ट्रकले ठक्कर दिदा ज्यान गुमाएकी २३ वर्षीया युवती सुनिता रावलका परिवारलाई उचित क्षतीपूर्ती र चालकलाई कारवाही गर्ने सहमती पछि स्थानीयले प्रर्दशनका कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ।
दोषीलाई कानुन बमोजिम कारवाही र मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिने सहमती भए संगै अवरूद्ध पूर्वपश्चिम राजमार्ग पनि सुचारु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले उक्त सहमतीपछि राजमार्ग सुचारु भएको जानकारी दिए। राजमार्ग सुचारु भएसंगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको छन्। यसअघि स्थानीयले ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि लम्की बजारमा प्रर्दशन गर्दैै सडक अवरुद्ध पारेका थिए।
