रमित पाण्डे, लम्की बैसाख २६
एक वर्ष अघि कैलालीको लम्कीमा सञ्चालीत सिद्धार्थ बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १११ औं शाखाको रुपमा विधिवत रुपमा आज लम्की साखा उद्घाटन गरीएको छ ।
यस शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच र्पुयाउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको साथ सिद्धार्थ बैंकको सञ्जाल देशमा १५३ शाखा, १६३ एटीएम पुगेको छ ।
सिद्धार्थ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमा जिवन सुरक्षा बचत योजना लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमासेवा विस्तार गर्दै आएको छ ।
कैलालीको लम्कीचुहा नगरपालीकाका नगरप्रमुख महादेव वजगाईको प्रमुख आतित्थमा बैंकका नाउव प्रमुख कार्यकारी अधिकृत शुन्दर प्रसाद कंडेलको उपस्थितिमा उद्घघाटन गरीएको छ ।
