Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

उपेन्द्र यादवको विवादित अन्तरवार्तामा पत्रकारको कमजोरी, मन्त्री गैरजिम्मेवार- रविन्द्र मिश्र

"आचार संहिता र पत्रकारको धर्म- त्यसरी अतिथिलाई झपार्न हुदैन"

User Photo सोमवार, बैशाख ३०, २०७६
काठमाण्डाै ।

काठमाडौं । साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवादित अन्तरवार्तामा पत्रकारको कमजोरी औंल्याएका छन् । उनले अन्तर्वार्तामा पत्रकार कुनै पनि परिस्थितिमा आक्रोशित हुन नमिल्ने बताए ।

पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारले उक्त सन्दर्भ कोट्याएका थिए । जवाफमा मिश्रले पत्रकार आचार संहिता र पत्रकारको धर्मअनुसार त्यसरी अतिथिलाई झपार्न नपाइने उल्लेख गरे ।

तर, अन्तरवार्तामा मन्त्री यादव पनि गैरजिम्मेवार देखिएको उनको भनाइ थियो ।

‘उहाँ जत्तिको उचाइ भएको राजनीतिज्ञले जे गर्नुभयो, त्यो उहाँलाई सुहाउने कुरा होइन । तर, अतिथिले औंला ठड्यायो वा चड्कन हान्यो भने पनि अन्तर्वार्ताकारले त्यसलाई जस्ताको त्यस्तै जवाफ दिन हुँदैन । संयम राख्नुपर्छ ।’

मिश्र स्वयम् एक पूर्व पत्रकार हुन् । उनले बीबीसी नेपाली सेवामा काम गर्दा उनले पनि थुप्रै नेताहरुलाई होच्याएर प्रश्न सोधेको आरोप लाग्ने गर्थ्यो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.