Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको यो भ्रमण सफल भएको दावि

User Photo बुधबार, जेष्ठ १, २०७६
काठमाण्डाै ।

विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । गत वैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा निस्केका प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, प्रधानमन्त्रीको भ्रमण टोली साँझ स्वदेश आइपुग्दैछ ।  प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतकाे टोली लिएर वैशाख २६ गते भियतनाम भ्रमणमा निस्केका थिए । भियतनाम भ्रमणमा ओलीले आफ्ना समकक्षीलगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

भियतनामको भ्रमणपछि ओली त्यतैबाट कम्बोडिया लागेका थिए । कम्बोडिया पनि ओलीले आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय हितबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको यो भ्रमणलाई प्रधानमन्त्रीले सफल भएको बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.