Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

नगरपालिकाको गाडीमा अज्ञात समूह द्वारा आगजनी

आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त

User Photo बुधबार, जेष्ठ १, २०७६
अछाम ।

जिल्लाकाे मङ्गलसैन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाएलगत्तै नियन्त्रणका लागि प्रहरी टोली घटनास्थल पुगे पनि आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ ।

आगो कसले र किन लगायो भन्ने खुलेको छैन । पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए ।

सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई भने केही पनि गरिएको छैन । पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि रु एक करोड २० लाखमा खरीद गरेको थियो ।

गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले आगजनीमा संलग्नको खोजी भइरहेको बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.