Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आक्रमण: रामशरण महत

प्रतिपक्ष मुकदर्शक भएर चुप लागेर नबस्ने चेतावनी

User Photo बुधबार, जेष्ठ १, २०७६
काठमाण्डाै ।

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी कार्य गरेको आरोप लगाएका छन् । उनले सरकार अधिनायकवादतर्फ अग्रसर भएको भन्दै लोकतान्त्रिक मूल्यमान्यतालाई ख्याल नगरिए त्यसमा प्रतिपक्ष मुकदर्शक भएर चुप लागेर नबस्ने चेतावनी दिए ।

प्रेस युनियन धनकुटाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले सरकारले अघि सारेको आमसञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आत्रमण रहेको टिप्पणी गरे । मन्त्रीपरिषदबाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रको विरुद्ध रहेकोले संसदबाट पास गर्न नहुने महतको धारणा थियो ।

यस्तै, सरकारले मानवअधिकारको क्षेत्रमा समेत गलत कार्य गरेको आरोप लगाए । सत्ता बाहिर हुँदा ठुलो स्वर गर्नेले सत्तामा पुगेपछि विपरित कार्य गरेको उनको तर्क थियो ।

प्रतिपक्षको भूमिका कमजोर रहेको भन्ने पत्रकारको जिज्ञासामा महतले कांग्रेसले हिंसात्मक शैलीको आन्दोलन नगर्ने भन्दै सत्तापक्षका नचाहिँदो कार्यको सशक्त रुपमा विरोध गर्ने बताए । अधिकांस समय सरकारको विरोधमा खर्चिएका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका महतले वर्तमान सरकार राष्ट्रियताको सवालमा सबल रहेको भन्दै त्यसको फाइदा चीनसँगको व्यापार र सम्झौताप्रति सकारात्मक रहेको उल्लेख गरे ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रचारमुखि मात्र रहेको भन्दै सस्तो लोकप्रियतामा सिमित यस्ता कार्यक्रमले दिर्घकालिन उपलब्धी नहुने उनको धारणा थियो । पत्रकार भेटघाटमा कांग्रेस नेता रामहरि खतिवडा, रामकृष्ण यादव लगायतको सहभागिता थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.