Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सुदरपश्चिममा प्रहरीमाथि अर्काे आरोप- वृद्धकाे कुटेर हत्या भएकाे भन्दै पाँच प्रहरी विरूद्ध मुद्दा दायर

प्रहरीले नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तकाे मृत्यु भएपछि प्रहरीमाथि हत्याको आरोप

User Photo बुधबार, जेष्ठ १, २०७६
काठमाण्डाै ।

बैतडीको पाटनमा एक वृद्धको मृत्युको घटनामा प्रहरीमाथि नै आरोप लागेको छ । पाटन नगरपालिका–६ लदेडाका ७४ वर्षीय कमलाकान्त पन्तलाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका आफन्तले आरोप लगाएका हुन् । बैशाख ३० गते राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो ।

पन्तले हँसिया प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते समेत भएकी छिन् । लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका हुन् ।

लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएपछि प्रहरीमाथि हत्याको आरोप लगाइएको हो । घटनापछि कमलाकान्तका कान्छा छोरा प्रकाश कुमार पन्तले पाँच प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भुपेन्द्र महरा विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए ।

ज्यान मारेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त मुद्दा अदालतमा पेश गरिने प्रहरी नायव उपरीक्षक गिरीले बताएका छन् । प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.