Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

फेसबुकले ल्यायाे नयाँ नियमः यस्ताे गरे फेसबुक लाइभ सुविधा राेकिने

आतङ्कवादी हमलाकाे आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछी फेसबुकले नयाँ कदम उठाएकाे हाे

User Photo बिहिबार, जेष्ठ २, २०७६
काठमाण्डाै ।

आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको छ।

न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो।

आफ्ना सबैभन्दा गम्भीर नीतिहरूको उल्लङ्घन गर्ने व्यक्तिलाई तत्काल फेसबुक लाइभ सुविधा प्रयोग गर्नबाट निश्चित समयका लागि रोक लगाइने फेसबुकले जनाएको छ।

इन्टरनेटमा उग्रवादलाई प्रोत्साहन दिने खाले सामग्री सम्बन्धी समस्याको समाधानको खोजी गर्न प्यारिसमा बुधवार आयोजना हुन लागेको एउटा सम्मेलनअघि त्यस्तो उपाय अगाडि सारिएको हो।

उक्त सम्मेलनको अध्यक्षता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ र न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले गर्दैछन्। आर्डनले फेसबुकको उक्त कदमको स्वागत गरेकी छन्। गत मार्चमा न्यूजिल्याण्डको एउटा मस्जिदमा ५१ जनाको ज्यान जाने गरी गरिएको हमलालाई आक्रमणकारीहरूले प्रत्यक्ष प्रसारण गरेका थिए।

उक्त घटनाका कारण विवादमा परेपछि फेसबुकले कडा नीति सार्वजनिक गरेको हो। उसले फेसबुकमा प्रत्यक्ष प्रसारण गर्न सकिने सुविधालाई नियन्त्रण गर्ने बताएको छ।

प्यारिसमा हुने सम्मेलनले सामाजिक सञ्जालको प्रयोगबाट आतङ्कवादी गतिविधिको योजना र घटनाको प्रचारप्रसार हुन नदिन भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई संयोजन गर्ने लक्ष्य राखेको छ। उक्त सम्मेलनमा युरोप, क्यानडा र मध्यपूर्वी देशका नेताहरूले फेसबुक, गुगल र ट्विटर जस्ता कम्पनीका उच्च अधिकारीहरूसँग भेट गर्नेछन्।

स्वचालित रूपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइएका सामग्रीहरू पहिचान गर्न एउटा नयाँ अनुसन्धान साझेदारी सुरू गर्न साढे सात करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता फेसबुकले जनाएको छ।

फेसबुकले आगामी साताहरूमा उसको मातहतका अन्य अनलाइन प्लेटफर्महरूमा पनि यी नयाँ नियमहरू लगाउने बताइएको छ। त्यसमा फेसबुकमार्फत् विज्ञापन गर्नेहरू पनि समेटिने जनाइएको छ। विविसी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.