Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

आफ्नै दाईको गोली हानी हत्या, पेस्तोल र ३ गोली सहित भाई पक्राउ

सामान्य घरायसी विवादले लियाे ज्यान

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
वीरगञ्ज ।

भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए ।

दाहिने पाखुरा छेडेर छातीमुनी गोली लागेका शेषलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो ।

भाइ सेराजुद्धिनलाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आषिश अधिकारीका अनुसार उनको साथबाट नल कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने रिफिल गोली ३ थान र एउटा खोका बरामद भएको छ ।

के विषयमा घरायसी विवाद भएको हो र घटनाले उग्र रुप किन लिएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.