Naya Media
आइतवार, साउन ३१, २०८३
| | August 16, 2026
आइतवार, साउन ३१, २०८३

प्रेमिकाकाे हत्या गरी प्रेमी फरार, स्थानियकाे प्रदर्शन संगै गाउँ तनावग्रस्त

फरार प्रेमीका ६० वर्षीया आमा र २० वर्षका छोरा प्रहरी नियन्त्रणमा

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
बुटवल ।

रुपन्देहीको गैडहवा गाउँपालिकामा मृत फेला परेकी एक किशोरीलाई आफ्नै प्रेमीले हत्या गरेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ ।

गौडहवा गाउँपालिका १, साविक साँडीका गाविस भुझाउलीकी १९ वर्षीया किशोरी सवनाम निशा बैशाख १ गते (बुधवार ) विहान कुलोमा मृत भेटिएकी थिईन् ।

रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार हत्या आशंका गरिएका र प्रेमी भनिएका एक युवा घटनालगत्तै फरार छन् । फरार हुनेमा २२ वर्षका असरुद्दिन मुसलमान रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

सोधपुछका लागि ६० वर्षीया उनकी आमा मवाकुन निशा र २० वर्षका छोरा उजिउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव भेटिएको स्थानबाट उनीहरुको घर मात्र १ सय २० मिटर टाढा छ ।

युवती वैशाख ३० गतेबाट बेपत्ता थिइन् । यस घटनाले अहिले गाउँ तनावग्रस्त बनेको छ ।

मृतक किशोरीका छिमेकीहरुले उनका प्रेमीको घर जलाई दिन्छौँ भन्दै बिहीबार प्रदर्शन गरेका छन् । ‘हत्या उनकै प्रेमीले गरेको आशंकामा घर जलाइदिन्छौँ भन्दै स्थानीय आक्रोसित छन्,’ गाउँपालिका प्रमुख केवटले भने, ‘संयम रहन हामीले आग्रह गरी सामन्य पार्ने प्रयास गरेका छौँ । प्रहरीलाई स्वतन्त्र भएर अनुसन्धान गर्न दिन आग्रह गरेका छौं ।’

रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाका अनुसार ती प्रेमी भनिएका युवा घटना लगत्तै फरार छन । ‘काठमाडौं पठाईएको उनको पोष्टमार्टम रिर्पोट अझै आई पुगेको छैन’ एसपी थापाले भने, ‘प्रारिम्भक अनुसन्धानले उनको हत्या भएको देखाउँछ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.