Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

कैलालीमा भीषण आगलागी, डेढ करोडको क्षति (भिडियो सहित)

२ घण्टा पछी मात्र आगो नियन्त्रणमा आएकाे थियाे

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
कैलाली ।

कैलालीको बर्दगोरीया गाउँपालिका १ सडकपुर बौनियाँ बजारमा आगलागी भएको छ । स्थानिय व्यापारी प्रकाश नाथको इलेक्टोनिक्स पसलको गोदाममा आगलागी भएको हो ।

लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल,प्रहरी,सशस्त्र प्रहरी र स्थानिय बासीहरुको सक्रियतामा करिब २ घण्टामा आगो नियन्त्रणमा लिएका थिए । गोदाममा भएका फ्रिज,पखां,मोटर,राईस कुकर, बिद्युत वाईरिङ्गका सामानहरु सगैँ घर भित्र रहेका धान,पलङ्ग लगायतका सामानहरु समेत जलेर पुर्ण रुपमा नष्ट भएको बताईएको छ । व्यापारी नाथका अनुसार आगलागी बाट १ करोड ३० लाख बराबरको क्षेति भएको बताईएको छ । आगलागीको कारण नखुले पनि बिद्युत सट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बौनियाले अनुमान गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.