Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

गाउँपालिका अध्यक्षकाे घरमा बम बिष्फोट

भ्रष्टाचार जारी नै रहे अझै कारवाही गर्ने चेतावनी

User Photo शनिबार, जेष्ठ ४, २०७६
राजविराज ।

सप्तरीको बलान-बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ । शुक्रबार राति १२ बजेतिर बलान-बिहुल गाउँपालिका २ स्थित अध्यक्ष गोइतको घरमा कुकर बम बिष्फोट गराइएको हो ।

बिष्फोटबाट घरका सम्पूर्ण सामानमा क्षति पुगेको छ भने अध्यक्ष दयानन्दका काका श्याम गोइत बम छर्रा लागेर घाइते भएका छन् । घरमा कोहि नभएको बेला बिष्फोट गराइएको हो । उनका काका श्याम भने दलानमा सुतिरहेका थिए ।

यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बम बिष्फोटको जिम्मेबारी लिएको छ । गाउँपालिका अध्यक्ष गोइत भ्रष्टाचारमा डुबेकाले उनको घरमा बिष्फोट गराइएको बिज्ञप्तीमा उल्लेख छ । भ्रष्टाचार जारी नै रहेमा यो भन्दा उच्चस्तरको कारवाही गर्ने चेतावनी दिइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.