Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

सडक अवरुद्ध हुनै नदिने नियम, अवरुद्ध गरे १० मिनेटभित्र खुलाइने

सडक अवरुद्ध गर्ने प्रवृत्ति राेकिने विश्वास

User Photo आइतवार, जेष्ठ ५, २०७६
काठमाण्डाै ।

सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

सरकारले ल्याएको ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधी, २०७५’ मा सो कुरा उल्लेख छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र खुलाउने जानकारी दिए ।

उनले भने, “समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ को रूपमा रहेको राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ । त्यसैले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधी, २०७५’ कार्यान्वयनमा आएको हो ।’’

प्रवक्ता सुवेदी भन्छन्, ‘‘आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विना अवरोध सहजरूपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधी ल्याइएको हो ।’’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.