Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

प्रेमीकाकाे याेजनामा हत्या गर्ने भन्दै प्रेमीले धम्क्याए, दुबै प्रहरी खाेरमा

कैलालीका लोकेन्द्रबहादुर शाही र रुबी ठाकुर पक्राउ

User Photo शुक्रबार, जेष्ठ १०, २०७६
काठमाण्डाै ।

अपरहणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका २४ वर्षीय लोकेन्द्रबहादुर शाही र २० वर्षीया रुबी ठाकुर छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार पक्राउ परेका दुई जना प्रेमी-प्रेमिका हुन् ।ठाकुरको योजनामा उनका प्रेमी शाहीले काठमाडौंको बुद्धनगरका औषधी व्यवसायी सीताराम कार्कीलाई धम्क्याएका थिए । ‘शाहीले कार्कीसँग ५ लाख रुपैयाँ नदिए छोरालाई अपहरण गरेर गोली हानी हत्या गर्ने धम्की दिएको उजुरी परेको थियो’, महाशाखाका एसपी केदार ढकाल भन्छन् ।

कार्कीले दिएको उजुरीको आधारमा अनुसन्धान गरेर दुवैलाई गौशालाबाट पक्राउ गरिएको ढकालको भनाइ छ । अनुसन्धान अधिकारीका अनुसार ठाकुरको कार्कीसँग पहिल्यैदेखि चिनजान थियो । उनले रकम हात पार्न प्रेमीलाई प्रयोग गरेकी थिइन् । प्रहरीले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीम कार्ड पनि बरामाद गरेको छ । थप अनुसन्धान जारी रहेको जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.