Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

आज देशभरका सम्पूर्ण अदालत बन्द हुने

पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि

User Photo शनिबार, जेष्ठ ११, २०७६
काठमाण्डाै ।

पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो ।

पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्री

पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्री

पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए । नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।

खत्री प्रधानन्यायाधिशबाट अवकाश पाएपछि २०४३ सालमा नेपालका लागि चीनको राजदूत समेत बनेका थिए । यसैबीच, सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधिश खत्री निधनको शोकमा जेठ १२ गते (भोली) एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय पनि गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.