Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

अष्ट्रेलियामै पहिलो पटक चालक विहीन रेल सेवा सुरू

रेल सुचारू गर्न पाँच वर्षमा ७.३ विलियन डलर खर्च

User Photo आइतवार, जेष्ठ १२, २०७६
अष्ट्रेलिया ।

अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा आइतबारबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ ।

सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्याडज बेरेजिक्लिनले आइतबार बिहान नेपाली समयअनुसार बिहान ७ बजेर २० उदघाटन गरिन् । रेल चढेर उदघाटन गर्दै उनले यो रेल सेवा सुरुवात गर्न पाउँदा गौरवको अनुभूति भएको बताइन् ।

पहिलाे पटक चालक विहिन रेलमा यात्रा गर्दै यात्रुहरू

पहिलाे पटक चालक विहिन रेलमा यात्रा गर्दै यात्रुहरू

यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ । यो रेल तोकिएको स्टेशनमा हरेक चार मिनेटमा आइपुग्छ ।

यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ । पाँच वर्षको अवधिमा करिब ७.३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको अष्ट्रेलियाको एक अनलाइन पोर्टल नाइन न्यूजले लेखेको छ ।

उत्तर पश्चिम सिड्नीमा बसिरहेका र काममा जाने हजारौं नेपालीहरु पनि यस रेल सेवाबाट लाभान्वित भएका छन् । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लागेको थियो । आज उदघाटनको दिन यो रेलले निःशुल्क सेवा दिइरहेको छ ।

सिड्नी मेट्रो रेलमा कार्यरत नेपाली इन्जिनियरहरु अर्जुन पोखरेल, शिशिर नेपाल र अनन्त कार्की पनि छन् । उनीहरुले भने, ‘चालकविहीन नभए पनि अष्ट्रेलियामा चल्ने लाइट ट्रेन जस्तै रेल सेवा नेपालमा पनि सन्चालन गर्न सम्भव छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.