Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

महाकालीमा दम्पतीको हत्या, १२ बर्षीय नाती गम्भीर घाइते

User Photo आइतवार, जेष्ठ १२, २०७६
दार्चुला ।

महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो ।

हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उनका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् । द्रोपतीको शव पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । वीरभानको भने जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ । टाउकोबाट अत्यधिक चोट र रगत बगेको कारण उनको मृत्यु भएको हो ।

‘‘सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिन्छ’, महाकाली नगरपालिका–३ का वडाध्यक्ष पदमसिंह महराले भने । सुनका गहना र पैसाको लागि हत्या गरेको हुनसक्ने उनी बताउँछन् ।

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान मात्रै गाउँलेले चाल पाएका थिए । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनास्थलमा खटिएका प्रहरी निरीक्षक कठायतका अनुसार सानोतिनो प्रलोभनमा परेर हत्या गरेको हुनसक्छ । द्रोपतीले झण्डै दुई तोलाबराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएकी थिइन् ।

द्रोपतीले लगाएको सुन घटनास्थलमा भेटिएको छैन भने पसलबाट पनि के कति धनमाल लगियो भन्ने थाहा हुन नसकेको वडाध्यक्ष महराले बताए । घाइते नाति लोकेन्द्रका अनुसार राति १२ बजे घट्ना भएको थियो । अनुहार छोपेर आएको व्यक्तिले शुरुमा बाजे, त्यसपछि बज्यै र आफूमाथि लठ्ठी प्रहार गरेको लोकेन्द्रले प्रहरीलाई दिएको बयानमा बताएका छन् ।

‘‘मान्छे को हो भनेर चिन्न सकेको छैन । मुख पूरै बाँधेको थियो । झोला बोकेर आएको थियो’, बयानमा उनले भने । निरन्तर बाजे, बज्यै कुट्न थालेपछि लडेपछि आफ्नो समेत टाउकोमा हान्यो । आफू खोला किनारतर्फ भागेकाले बाँच्न सफल भएको उनको भनाइ छ ।

बिहान बृद्धका नातिनी पूजा पसलमा आउँदा बज्यैको मृत्यु भएको तथा बाजे र भाइ घाइते अवस्थामा देखेपछि गाउँलेलाई खबर भएको थियो । ‘‘पसलमा पुग्दा रगताम्य देखियो । त्यसपछि प्रहरीलाई खबर गरेर बाजे र भाइ उपचारको लागि अस्पताल लगिएको ल्याइएको हो’ पूजाले सुनाइन् ।

‘अस्पतालमा ल्याउँदा बृद्ध वीरभानको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचार गराएर बाहिर पठाउन सकिने अवस्था थिएन’, जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले भने, ‘‘अनेक कोशिस गर्दा पनि उनलाई बचाउन सकिएन तर नातिको भने कानमा चोट लागेको भएपनि उपचार हुँदैछ ।’ लोकेन्द्र हुस्कर मावि काटैमा कक्षा ५ मा अध्ययनरत छन् ।

घट्नाको थप अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पूरै परिवारको हत्या गर्ने गरी भएको घटनाले जिल्लामा त्रास बढेको छ । पछिल्लो समय जिल्लामा चोरीका घटनाहरु पनि बढ्दै गएका छन् । बढ्दो चोरी र हत्याको घटनाले सुरक्षा अवस्था कमजोर रहेको स्थानीयवासी बताउँछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.