Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

पोस्टमार्टम गर्दा महिलाको पेटमा कोकिनका ‘१०६ क्याप्सुल’ 

User Photo मङ्लबार, जेष्ठ १४, २०७६
काठमाण्डाै ।

लागुऔषध कोकेनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ। उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।

तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपर्‍यो।अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका ती यात्रीको ज्यान गएको हो।

कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरु गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

महिलाको पेटमा कोकिनका ‘१०६ क्याप्सुल’ 

सनोराका महान्यायाधिवक्ताले जारी गरेको एउटा वक्तव्य अनुसार साढे दुई सेन्टिमिटर लम्बाइ र एक सेन्टिमिटर चौडाइ भएका कोकेनका प्याकेटहरू ती व्यक्तिको पेटमा रहेको पोस्टमार्टबाट देखिएको थियो।

एरमोसिल्यो नगरमा विमानलाई आपत्‌कालीन अवतरण गराइए पनि पछि बाँकी १९८ जना यात्रीले गन्तव्यसम्मको यात्रा गर्न पाएका थिए । मेक्सिकोका सङ्घीय अधिकारीहरूले घटना बारेको अनुसन्धानलाई अगाडि बढाउनेछन्। विविसी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.