Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

हिरासतमा साथी भेट्न गएका उल्टै पक्राउ, चाउचाउको पोकाभित्र लागुऔषध

१५ वटा नाइट्राभेट ट्याब्लेट, दुई वटा चुरोट र तीन ग्राम कालो चरेश फेला

User Photo मङ्लबार, जेष्ठ १४, २०७६
काठमाण्डाै ।

हिरासतमा रहेका एक युवालाई भेट्न गएका उनका साथीहरू उल्टै पक्राउ परेका छन्। कारण हो- लागु लागुऔषध मुद्दामा हिरासतमा रहेका साथीलाई लगेको उपहार। प्रहरी हिरासतमा रहेका साथी भेट्न गएका उनीहरूले उपहारबापत लागुऔषध नै लगेका थिए।

लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका नवीन शाहीलाई भेट्न गएका उनका दुई साथीले उनलाई दिन लागुऔषध ल्याएको थाहा भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

कालिकोटका नवीन शाहीलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको हिरासतमा ललितपुर ईमाडोल बस्ने पुजन बम ठकुरी र झापा दमकका धर्मेन्द्र लिम्बु सोमबार भेट्न पुगेका थिए।

नवीनलाई दिन भनि लगेको दुई वटा चाउचाउको पोकाभित्र उनीहरूले चलाखी गरी लागुऔषध लुकाएर लगेका प्रहरीले जनाएको छ। लागुऔषध लुकाउन पुजन र धर्मेन्द्रले चाउचाउको पोका फोरेर लागुऔषध लुकाएर फेरि सुपर ग्लुले टालेका थिए।

प्रहरीले शंका लागेर खोलेर हेर्दा १५ वटा नाइट्राभेट ट्याब्लेट, दुई वटा चुरोट र तीन ग्राम कालो चरेश फेला परेको थियो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार प्रहरीको आँखा छल्न चाउचाउको पोका भित्र लागुऔषध पठाएको पाइएपछि पूजन र धर्मेन्द्रलाई पक्राउ गरिएको हो। उनीहरू विरुद्ध महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.