Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक, बिना लाइसेन्स् चलाएकाे भन्दै कारवाहीकाे चेतावनी

बिना अनुमति बिग बोसको ट्रेडमार्क चोरेको आराेप

User Photo बुधबार, जेष्ठ १५, २०७६
काठमाण्डाै ।

भारतको एन्डेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । विश्वभर बिग ब्रदरकोे अधिकार एन्डेमोल शाइन ग्रुपसँग रहेको र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशन प्रा.लि.लाई प्रदान नगरिएको एन्डेमोलले जनाएको छ । बिग बोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस ‘आँखा’ एन्डेमोल शाइन इन्डियाको ट्रेडमार्क रहेको कम्पनीले जनाएको छ ।

आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्टको आयोजना गरेर एन्डेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषण गरेपछि चेतावनी दिएको हो । एन्डेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि. र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेकोे छ । र, कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराईट एन्डेमोल शाइन ग्रुपसँग रहेको र आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि.लाई लाइसेन्स् प्रदान नगरेको दावी गरेको छ ।

त्यसबाहेक आईम्याक्स प्रोडक्सनले प्रयोग गरेको ट्रेडमार्क ‘आँखा” बिना कुनै अनुमति बिग बोसको ओर्जिनल ट्रेडमार्कबाट चोरेको छ ।एन्डेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कथन नबनाउन समेत चेतावनी दिएको छ ।

नेपाली बजारमा अर्जुन नरसिंह केसीले आफूहरु बिग बोसको लाइसेन्स् होल्डर रहेको अफवाह फैलाउँदै आएको कुरा एन्डेमोल शाइन इन्डिया तथा एन्डेमोल शाइन ग्रुपको आरोप छ । अर्जुन नरसिंह केसीले एन्डेमोल शाइन ग्रुपको सीईओ तथा एन्डेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको पनि कम्पनीले बताएको छ ।

एन्डेमोल शाइन इन्डिया टिभी, फिल्म तथा डिजिटल कन्टेनका लागि भारतको कन्टेन प्रोडक्सन कम्पनी हो । यस कम्पनी ५१ः ४९ एन्डेमोल शाइन ग्रुपबीचको साझेदारी रहेको छ –एंडोमोल, शाइन तथा कोर मिडिया र सीए मिडिया (एशियन इन्भेस्टमेन्ट आम अफ चेर्निन् ग्रुप) बीचको जोइन्ट भेन्चर हो । एन्डेमोल शाइन इन्डियाले हाल प्रिमियर कन्टेनहरुको प्रदायक हो जसले वार्षिक ८०० घण्टाको कार्यक्रमहरु मेनस्ट्रीम तथा क्षेत्रीयस्तरका ठूला प्रसारणकर्ताका लागि उत्पादन गर्दछ ।

साना पर्दामा बलिउडका ठूला नामहरु ल्याउनका लागि एन्डेमोल शाइन इन्डियाले २००६ मा शुरुवात भएयता सफल टिभी शो जस्तै बिग बोस (हिन्दी, कन्नाडा, तामेल, तेलेगु, मराठी, मेलायालम तथा बन्गला), पियर फ्याक्टर, मास्टर सेफ इन्डिया, सो यू थिङ्क यू क्यान डान्स, द भ्वाइस अफ इन्डिया, द भ्वाइस इन्डिया किड्स, द गे्रट इन्डियन लाफटर च्यालेन्ज, लभ स्कुल, लाइफ मे एक बार तथा द मनि ड्रप् उत्पादन गरेर बजार निरन्तर सबैभन्दा उत्कृष्ट बनेकोे छ । साथै यसले सन नेटवर्कका लागि डिल अर नो डिल नामक शोको ४५० भन्दा बढि एपिसोड गरिसकेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.