पहिचान नखुलेका एक व्यक्तिले अमेरिकी सदन ह्वाइट हाउस अगाडि आफैंलाई आगो लगाएका छन्। वासिङ्टन डिसीस्थित ह्वाइट हाउस नजिक इलिप्स पार्कमा बुधबार मध्यान्न ती व्यक्तिले आफैंमाथि आगो लगाएको प्रहरीको भनाइ छ।
यस घटनासँग सम्बन्धीत भिडियो सार्वजनिक भएको छ। भिडियोमा शरीरमा आगो लागेका व्यक्ति कुदेको देखिएको छ। सुरक्षाकर्मीले केहीबेरमै ती व्यक्तिको आगो निभाउँछन्।
ती व्यक्तिको यतिबेला उपचार भइरहेको छ। ह्वाइट हाउसले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन। सिएनबीसी
https://youtu.be/jA5UMNxLQgM
