Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

अस्ट्रेलियामा हाउसफुल ‘जात्रै जात्रा’, चर्चामा बर्षा

नायिका वर्षा राउत ट्रोलको शिकार

User Photo आइतवार, जेष्ठ १९, २०७६
काठमाण्डाै ।

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले अस्ट्रेलियामा उत्साहजनक व्यापार गरेको छ । योसँगै अस्ट्रेलियामा रहेका नेपालीबीच पनि फिल्मको बजार बढ्ने लक्ष्य लिइएको छ । अस्ट्रेलियामा रहेका नेपालीले फिल्म हेरिसकेपछि फिल्म रुचाएको प्रतिक्रिया दिए ।

नेपालमा पनि यो फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ । यसैबीच अस्ट्रेलियामा पनि उत्तिकै लोभलाग्दो व्यापार गरेको निर्देशक भट्टराईले जानकारी दिए । अस्ट्रेलियामा २० भन्दा बढी शो भएको र ती सबै शो हाउसफूल रहेको बताइएको छ । अस्ट्रेलियामा रहेका नेपालीले फिल्म मन पराइरहेका छन् ।

विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दयाहाङ राई लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म कमेडी विधामा निर्माण गरिएको हो । समीक्षकले पनि फिल्मको तारिफ गरेका थिए ।

यसैबीच अस्ट्रेलियामा फिल्मको प्रमोसनका क्रममा रहेकी नायिका वर्षा राउत ट्रोलको शिकार बनेकी छिन् । उनले लगाएको पोशाकलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनाइएको हो । कतिपयले भने सामान्य पोशाक भएको भन्दै ट्रोल बनाउनु मूर्खता भएको बताएका छन् । तर, धेरैले भने ट्रोलको शिकार बनाएका छन् । कतिले त यसलाई फिल्म चलाउने काइदाका रुपमा पनि लिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.