Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

सोलुखुम्बुकाे प्रहरी चौकीमा विप्लव समुहकाे आक्रमण प्रयास

User Photo सोमवार, जेष्ठ २०, २०७६
काठमाण्डाै ।

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट क्षेत्रमा गतिविधि बढाएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बतायो ।

तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको स्रोतको दाबी छ । स्राेतका अनुसार, ‘२०/२५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए ।’

ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताए । उनका अनुसार थप अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ ।

गस्ती बढेको छः गाउँपालिका अध्यक्ष

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको पुष्टि गरे ।

उनले भने, ‘खोला पारिपट्टि रहेको वडा नं. ५ को नुर्कुममा विप्लव कार्यकर्ताको आउजाउ भइरहेको सूचना थियो । प्रहरीले गस्ती पनि बढाएको थियो ।’ गएराति भएको घटनाबारे भने अहिलेसम्म यर्थाथ विवरण आइनसकेको उनले बताए । यद्यपि, उनले गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गस्ती बढाएको भने स्वीकारे ।

हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइयो

नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको छ । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।

सैनिक स्रोतले भन्यो, ‘काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्रको विपदको टोली पठाइसकिएको छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.