Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

ढिलाे आयाे कडा आयाे (गलबन्दी)- ७ दिनमा ६३ लाख ६४ हजार भ्यु

User Photo मङ्लबार, जेष्ठ २१, २०७६
काठमाण्डाै ।

पछिल्लो समय लोकगीत पनि ट्रेन्डिङको नम्बर वानमा आउन थालेका छन्। केही समयअघि सालको पात टपरी बोलको गीतले पाएको सफलतापछि अहिले प्रकाश सपूतको ‘गलबन्दी’ शिखरमा पुगेको छ।

रिलिज भएको ७ दिनमा नै यसले ६३ लाख ६४ हजार भन्दा बढी भ्यु पाउँदै ट्रेन्डिङमा नम्बर वानमा पुग्न सफल भएको हो। सार्वजनिक गाडीदेखि टिकटक, सामाजिक सञ्जालमा यो गीत र यसका संवाद अनि डाइलग हिट छन्। गाउँघरमा रोधी गाउने परम्परामा आधारित यो लोकभाका गायक प्रकाश सपूतले तयार पारेका हुन्।

बाग्लुङको औसत परिवारमा जन्मिएका सपूत दोहोरी ब्याटलबाट चर्चामा आएका थिए। यसअघि गीत गाउने र कोर्ने काममा सक्रिय भए पनि दोहोरी ब्याटलमा दिएको फरक प्रस्तुतिकै कारण उनी चर्चामा आए।

आधुनिकीकरण र बाहिरी संस्कृतिको प्रभावसँगै नेपाली लोकभाका ओझेलमा पर्दै गएको अवस्थामा यो गीतले नयाँ उचाइ लिएको छ। केही वर्षयता नेपाली चलचित्रका गीतसंगीतले मौलिक पहिचान उठाउन थालेपछि नेपाली लोकभाका फेरि ब्युँतिएका हुन्।

सुरुमा यो भाका सामान्य दोहोरी गीतजस्तै गरी बनाएको सपूत बताउँछन्। भन्छन्, ‘गीत बनाउँदा सामान्य तरिकाबाटै अगाडि बढेका थियौं तर काम गर्दै जाँदा नयाँनयाँ कन्सेप्ट आयो।’ भिडियो सार्वजनिक भएपछि गीतले राम्रो ‘रेस्पोन्स’ पाएको उनी बताउँछन्।

गायक सपूतको गलबन्दीमा ठेट नेपाली शब्द र सरल लोकभाकाको प्रयोग छ। युट्युबमा ५३ लाख भ्युअर पाइसकेको यो गीतको म्युजिक भिडियोमा गायकले अघिल्लो म्युजिक भिडियो ‘बोलमाया’ को कथा जोडेका छन्। गलबन्दी पनि बोलमायाकै टिम सपूत, गायिका शान्ति श्री परियार र मोडल अञ्जली अधिकारी आबद्ध छन्।

बोलमाया रोजीरोटीका लागि बिदेसिन बाध्य नेपालीको कारुणिक कथा हो। यो गीतले पनि निकै चर्चा पाएको थियो। अहिले चर्चामा छ ‘गलबन्दी’। ‘गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’ भन्दै बुनिएको यो लोकभाका १५ मिनेट लामो छ। म्युजिक भिडियोमा गाउँले परिवेश छ। बोलमायामा गर्भवती महिला (मोडल अञ्जली अधिकारी) गलबन्दीमा एक छोराकी आमा भइसकेकी छन्।

नाच्न गाउन खुब मन पराउने उक्त छोराका बुवाको भने मृत्यु भइसकेको छ। तर छोरा हुबहु बुवा जस्तै छ। बुवा जस्तै नक्कले, निधारमा रुमाल बाँध्ने र हिरो बनेर हिँड्नुपर्ने स्वभावको छ ऊ।

छोराले बुवा कस्तो हुनुहुन्थ्यो भन्ने प्रश्नमा आमाले छोरालाई बिहेअघिको प्रसँग सुनाउँछिन्। फ्ल्यास ब्याकमा घन्कन्छ रोधी भाका। गीतले समेटेको कथा, रोधीको झल्को र गाउँलेको टिपिकल संवादले गीतको उचाइ अझै बढाएको छ।

गायिका शान्तिको मीठो स्वर र अञ्जलीको मन छुने अभिनयले गीतलाई सशक्त बनाएको भन्दै छ। सपूत भन्छन्, ‘यो गीत यिनै दुई महिला पात्रले गर्दा चलेको हो।’ म्युजिक भिडियो नारी प्रधान भएकाले उक्त गीतमा गायिका र कलाकार अझै महत्त्वपूर्ण भएको उनले बताए।

गीतलाई म्युजिक भिडियोमा ‘कन्भर्ट’ नगरेसम्म सर्जकको सिर्जना नै मर्ने समय हो यो। यही कुरालाई ख्याल गर्दै सपूतले गीतलाई फिल्मी शैलीमा ‘भिजुअल’ बाट देखाउन खोजेका छन्। जुन निकै मर्मस्पर्शी छ। गीत गाउनुका साथै म्युजिक भिडियोको निर्देशन सपूत आफैंले गरेका हुन्।

गाउँलेको जमघटमा रातको समय रोधी बस्दा बीचबीचमा अनेक डाइलग बाजी चल्छ। जसमा ‘ढिलो आयो कडा आयो’, ‘हल्का ग्यास्ट्रिक’ जस्ता संवाद यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन्। हिरो बन्ने रहर बोकेका सपूतले यो म्युजिक भिडियोमा आफ्नै कथा जोडेका छन्। उनको चुलबुले क्यारेक्टर र मोडल अञ्जलीको उत्कृष्ट अभिनयले गीतलाई अझै सशक्त बनाएको छ।

यसअघि प्रीति आलेसँगको दोहोरी ब्याटल भाग दुईमा शब्द चयन र प्रस्तुति भड्काउ भएको भन्दै सपूत विवादित पनि बनेका थिए। तर उनको यही गायनले दोहोरीमा ‘टे«न जेन्जर’ को काम ग¥यो। यो पालि गलबन्दीले दर्शक श्रोताको मन छोएकोमा उनी दंग छन्।

लामो समयदेखि गायन क्षेत्रमै सक्रिय रहे पनि सपूतलाई चर्चित हुन समय लाग्यो। तर जब चर्चामा आए त्यसपछि उनलाई भ्याइनभ्याइँ छ। गीत हिट हुनु संयोग मात्र भएको बताउँदै उनी भन्छन्, ‘अन्ततः नेपाली मन नेपाली मौलिकतातर्फ फर्किरहेको मात्र हो।’ प्रशंसकले उनीबाट अझै धेरै अपेक्षा गरेको बताउँदै सपूत भन्छन्, ‘मैले योभन्दा पनि राम्रो काम गर्दै जानुपर्ने चुनौती छ।’ कला सिर्जनामा लगातार लागिरहेका सपूतले आइरहेका दोहोरीभन्दा भिन्न देखिन गलबन्दीमा बढी मेहनत गरेको बताउँछन्।

गलबन्दी युट्युबको ट्रेन्डिङ नम्बर वानमा आएकोमा उनले फेसबुकमार्फत हार्दिक आभारसमेत व्यक्त गरिसके। उनी भर्खरै संसारकै अग्लो शिखर रहेको सोलुखुम्बुको यात्रा सकेर काठमाडौं फर्किएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.