Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

आजकाे राशिफल- वि.सं. २०७६ जेठ २४ (जुन ७), शुक्रबार

राशि अनुसार आजकाे तपाइकाे दिन

User Photo शुक्रबार, जेष्ठ २४, २०७६
काठमाण्डाै ।

वि.सं. २०७६ जेठ २४, शुक्रबार। इ.स. २०१९ जुन ७। ने.सं. ११३९ तछलाथ्व।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)- आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)- अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले मान-सम्मान दिलाउनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना बन्नेछ। कामले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् र सानो प्रयत्नले ठूलो काम बन्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)- विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)- पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीहरूसँगको भेटघाटले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। साँझदेखि पारिवारिक भेटघाटले खुसी मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)- दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना छ। यात्रा गर्ने अवसर भने जुट्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)- आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। तापनि दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ। आफ्ना लागि जुटिदिने सहयोगीहरू पनि फेला पर्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)- पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)- खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले कर्मको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)- बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)- वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। साँझदेखि स्थितिमा सुधार आउनाले पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)- काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। समाजबाट सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरूलाई उछिन्दै उपलब्धि प्राप्त गर्न सकिनेछ। कृषि र व्यापारमा फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)- तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सावधानी अपनाउनुहोला।

स्राेत- नेपाली पात्रो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.