Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा

User Photo शुक्रबार, जेष्ठ २४, २०७६
काठमाण्डाै ।

यस वर्षकाे इपिएस कोरियन भाषा परीक्षा दिनेको संख्यामा विगतकाे भन्दा बृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष कोरियन भाषा परीक्षा दिने परीक्षार्थीको संख्या १० हजार भन्दा बढीले वृद्धि भएको हो । गत वर्ष ८२ हजार ३ सय ३५ ले परीक्षा दिएकोमा यो वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

इपिएस अन्तरगत यही जेठ २५ र २६ गते साे भाषा परीक्षा हुँदै छ । पहिलाे चरणकाे साे परीक्षामा सहभागी हुने पुरुष परीक्षार्थीको संख्या ७७ हजार ३ सय ६१ र महिलाको संख्या १४ हजार ९ सय ९५ रहेको छ । यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न चाहने परिक्षार्थीको संख्या ६३ हजार ४ सय ८९ जना रहेको छ ।

कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईपीएस कोरिया शाखाका जनाएको छ । कोरिया भाषा परीक्षा दिन काठमाडौंमा २१, पोखरामा चार र लतिपुरमा सात स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

कोरियान भाषा परीक्षा शनिबार र आइतबार २ सिफ्टमा सञ्चालन हुनेछ । पहिलाे सिफ्टकाे परीक्षा बिहान १० देखि १० बजेर ५० मिनेट सम्म र दिउँसो १ बजेर ३० मिनेट देखि २ बजेर २० मिनेट सम्म हुने इपिएस काेरिया शाखाले जनाएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.