Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

अभियन्ता ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्चकाे आदेश

User Photo शुक्रबार, जेष्ठ २४, २०७६
काठमाण्डाै ।

भ्रष्टाचारविरुद्धको अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई छाड्न आदेश दिएको हो ।

अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ । १५ जेठमा शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेर काठमाडौं पठाइएको थियो । साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई सुर्खेत प्रहरीले हिरासतमा यातना दिएको आरोप लागेको थियो ।

तर, कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले शाहीलाई सुर्खेतको हिरासतमै नराखिएको दाबी गरेका थिए । उनलाई पक्राउ गर्ने क्रममा केही प्रहरी समेत घाइते भएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.