Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

साता लामो युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

User Photo आइतवार, असार १, २०७६
काठमाण्डाै ।

एक साता लामो युरोप भ्रमण सकाएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । बेलायत र फ्रान्सको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कनु हुने भएको हो ।

गत साता बेलायत र फ्रान्सका समकक्षीको निमन्त्रणमा औपचारिक भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओलीले स्वीटजरल्याण्डको जेनेभामा आइ एलओको शतवार्षिकीमा सहभागी हुनुभएको थियो ।

सहभागी भएसँगै बेलायत पुग्नुभएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा समकक्षी टेरेजा मे र बेलायती राजकुमार ह्यारीसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा प्रधानमन्त्री ओलीले भूपू गोर्खा सैनिकको समस्याका साथै नेपाल–बेलायत–भारतबीचको गोर्खा सैनिक सम्बन्धी सन्धी परिमार्जन गर्नुपर्ने विषय समेत अघि सार्नुभएको थियो ।

यस्तै, बेलायत भ्रमण सकाएर फ्रान्स पुग्नुभएका प्रधानमन्त्री ओलीले समकक्षीे फिलिपेसँग भेटवार्ता गर्नुभएको हो । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अहिले १० बजे काठमाडौं अवतरण गर्नुहुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.