Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

न्यूरोडमा ‘स्मार्ट पार्किङ’ सुरु, एपबाटै बुक गर्न पनि सकिने

User Photo आइतवार, असार १, २०७६
काठमाण्डाै ।

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ सुरु गरेको छ । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक चाप हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न कामपाले आज असार एक गतेबाट न्यूरोडमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

केही दिनअघिबाट परीक्षणस्वरूप सुरुवात गरिएको स्मार्ट पार्किङको आज बिहान काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको छ । पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीको अनुसार न्यूरोडका पाँच स्थान रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ प्रणाली लागु गरिएको छ ।

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रुलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ ।

एपबाटै ठाउँ बुक गर्न सकिने 

पार्किङकाे लागि आफूलाई पायक पर्ने ठाउँ ‘पार्क केटिएम’ एपबाटै बुक गर्न सकिने छ । स्मार्ट पार्किङ प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने र साेहि एपबाट ठाँउ बुक गर्न सकिने छ ।

एपले पार्किङ स्पेस छ–छैन देखाउनेछ । पार्किङका लागि १५ मिनेटअघि बुकिङ गर्नुपर्नेछ । बुकिङ गर्दा बाइक वा गाडीको नम्बरसमेत इन्ट्री गर्नुपर्नेछ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ रद्द हुनेछ । बुकिङ गरेको समयदेखि नै पार्किङ शुल्क लाग्नेछ । बाइकका लागि एक घन्टाको २५ रुपैयाँ र गाडीका लागि ६० रुपैयाँ शुल्क लाग्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.