Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

यि १० बैंकलाई ब्रोकरेज सेवा संचालनको अनुमति

User Photo सोमवार, असार २, २०७६
काठमाण्डाै ।

नेपाल राष्ट्रबैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको अनुमति दिएको छ । केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया सहितका १० वाणिज्य बैंकलाई एकसाथ ब्रोकर लाइसेन्सको अनुमति दिएको केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिएका छन् ।

उनका अनुसार ब्रोकर लाइसेन्स पाउने अन्य वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू लिमीटेड, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंक लिमीटेड रहेका छन् ।

सिभिल बैंकले लाइसेन्स पाउने प्रक्रिया सुरु भएको छ भने बाँकी ८ वटा वाणिज्य बैंकले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन् । ब्रोकर लाइसेन्सका लागि आवेदन दिने बैंकहरुमा नवील बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमीटेड रहेका छन् ।

यी अन्य बैंकहरुलाई पनि निकट भविष्यमै ब्रोकर लाइसेन्स प्रदान गरिने प्रवक्ता निरौलाले प्रष्ट्याएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.