Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

कांग्रेस सांसदहरुको नाराबाजी, रोष्टममा पुगेका प्रधानमन्त्री बाेल्नै नपाइ फर्किए

User Photo मङ्लबार, असार ३, २०७६
काठमाण्डाै ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए । अरु बेला यसरी विरोध गरेपछि एक जनालाई बोल्न दिने गरिन्थ्यो ।

तर मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए । कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे । सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताए । तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आए । संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरेपछि संसद स्थगित भयो । अर्को बैठक भोलि ४ बजे राखिएको छ ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार सबैभन्दा पहिले कसलाई बोल्न दिने भन्ने विषयमा संसद भबनभित्र बिभिन्न चरणमा छलफल भएको थियो । सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतकहरूसँग सामुहिक तथा छुट्टाछुट्टै छलफल गरिएको थियो । तर, सहमति भने जुटेको थिएन ।

संसदलाई सम्बोधन गर्न भनेर रोष्टममा पुगिसकेका प्रधानमन्त्री अवरोध कायमै रहेपछि फर्किएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.