Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

मासु पकाउन नमान्दा लुगा काटने कैचीले श्रीमतीकाे हत्या

User Photo मङ्लबार, असार ३, २०७६
काठमाण्डाै ।

दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तका अनुसार घरायसी विवादपछि ४५ वर्षीय कृष्णले लुगा काट्ने कैंची प्रहरी गरी ४० वर्षीया श्रीमती मिना नेपालीको हत्या गरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति करिब ९ बजेतिर कृष्ण मासु ल्याएर घरमा आएका थिए । उनले श्रीमती मिनालाई मासु पकाउन भने । तर, मिनाले नमानेपछि विवाद बढेको थियो । त्यसपछि मदिरा सेवन गरेका कृष्णले मिनाको कम्मर र ढाडमा कैँची प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कृष्णलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख पन्तले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.