Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

ससुराली खलकले गरेकाे प्रदर्शनको संकेत ज्वाई प्रधानमन्त्रीले बुझ्नुस – डा. भट्टराइ

User Photo शुक्रबार, असार ६, २०७६
काठमाण्डाै ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदायले, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले । यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराइले माइतीघर मण्डलाको प्रदर्शनको संकेत बुझेर मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु खारेज गर्न आग्रह गरे । यो विधेयक संविधान विपरित भएको उनको दाबी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.