Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

देशभर माैसम परिवर्तन- भारी वर्षा शुरु, बाढीको जोखिम

User Photo आइतवार, असार ८, २०७६
काठमाण्डाै ।

गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ ।

ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा आसपासमा भारी वर्षासँगै बाढीको उच्च सम्भावना बढेको छ ।

आइतबार चितवन र चितवनभन्दा पश्चिमतर्फका खोला नदी किनारामा सर्तकता अपनाउनुपर्ने बताउँदै उनले भने– ‘खास गरी चुरे आसपासबाट बहने खहरे र मध्यम प्रकृतिका खोला किनारामा बाढीको जोखिम निकै बढ्ने देखिएको छ ।’ चितवनको रिउ खोला र आसपासको भेगमा शनिबार दिउँसोदेखि वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह गर्दै सो भेग आसपासका स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको पराजुलीले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.