Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

महेन्द्रनगरबाट आईरहेकाे बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

User Photo आइतवार, असार ८, २०७६
काठमाण्डाै ।

रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र जलेर दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रमुख इन्स्पेक्टर रवीनराज मैनालीले जानकारी दिए ।

कागजपत्र जलेर नष्ट भएकाले मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । घटनाबारे अनुसन्धान गर्न सालझण्डी प्रहरीले बस र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.