Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

गलबन्दी चोरी आरोप प्रति सांसदकाे आपत्ति, आन्दोलनमा उत्रने चेतावनी

User Photo सोमवार, असार ९, २०७६
काठमाण्डाै ।

पछिल्लो समय निकै चर्चामा रहेको गायक प्रकाश सपुत र शान्ति श्री परियारको गलबन्दी गीतबारे प्रतिनिसभा बैठकमा चर्चा चलेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद मीनबहादुर विश्वकर्माले गायक सपुतले गीत चोरी गरेको भनी लगाइएको आरोपप्रति आपत्ति जनाएका हुन् ।

उनले गाउँमा मेलापात, गोठालो, रोधीमा गाइने लोक भाकाहरु कसैको नीजि नहुने बताए । सपुतको गीत कसैको गीतसँग मेल नखाएको दाबी गर्दै सांसद विश्वकर्माले आफ्नो गीत मिल्यो भन्दै शम्भु राईले मुद्दा हल्नु गलत भएको भनाइ राखे । ‘एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायांकनसमेत गरी प्रस्तुत गरेको गीतमा फरक भूगोल, फरक परिवेश, फरक शब्द र फरक कालखण्डमा उस्तै–उस्तै गीत मैले पनि गाएको थिएँ नक्कल भयो भनी मुद्दा हाल्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय हो’ सांसद विश्वकर्माले भने।

यस सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रकाश सपुतलाई जातीय भेदभाव हुनेगरी निच शब्द प्रयोगरी गाली गर्दै हतोत्साही बनाएको विश्वकर्माले बताए।

कानुन र सामाजिक सद्भावको बर्खिलाब हुनेगरी अभिव्यत्ति दिएकाले उनीहरुलाई साइबर कानुन र जातीय भेदभावविरुद्धको अपराधमा कारबाही गर्न उनले माग गरे । रेशम चौधरीको प्रशंग उठाउँदै विश्वकर्माले सरकार नै जातीय द्वेष बढाउन उद्दत रहेको आरोप लगाए ।

यसबारे सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने माग गर्दै सांसद विश्वकर्मा अन्यथा दलित समुदाय आन्दोलनमा उत्रने चेतावनी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.