Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

लाइसेन्सकाे ट्रायलमा नक्कली परीक्षार्थीकाे विगविगी

User Photo शुक्रबार, असार १३, २०७६
काठमाण्डाै ।

लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ । मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् । गिरोहले एउटाको ट्रायलमा अर्काेलाई पठाएर चलखेल गर्न थालेको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मात्र पछिल्लो तीन महिनामा पाँचजना नक्कली परीक्षार्थीलाई ट्रायलकै क्रममा पक्राउ गरेको छ । कार्यालयकी प्रमुख कमला थापा खत्रीले आर्थिक चलखेलकै आधारमा ट्रायलमा नक्कली परीक्षार्थी खटाउने गरेको भेटिएको बताइन् । अन्य यायायात कार्यालयले पनि नक्कली परीक्षार्थी पक्राउ गर्दै आएका छन् ।

ट्रायलका क्रममा अनिवार्य रूपमा नागरिकता लैजानुपर्छ । तर, नागरिकताको फोटो पुरानो हुने भएकाले ट्रायलमा जानेको हो–होइन छुट्याउन गाह्रो हुने र यसैको फाइदा उठाएर एउटाको नाममा अर्कोले ट्रायल दिने गरेको यातायातका कर्मचारी बताउँछन् । अरूको नाममा परीक्षा दिने तथा दिन लगाउने दुवै पक्षलाई कारबाही गरिएको थापाले बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.